डोल्पा कारागारबाट फरार ८ कैदीमध्ये दुई जना पक्राउ

डोल्पा कारागारबाट फरार ८ कैदीमध्ये दुई जना पक्राउ

सुर्खेत । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दीमध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका-५ का २८ वर्षीय रेशम राना रहेका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरका अनुसार उनीहरूलाई मंगलबार बिहान रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ दामाचौरस्थित खोली बगरबाट पक्राउ गरिएको हो । चेकजाँचका क्रममा भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा फरार कैदी भएको खुलेको उनले बताए ।

उनीहरूलाई प्रहरी चौकी गोतामकोटमा राखिएको छ । कारागारबाट फरार भएका बाँकी छ जना कैदीबन्दीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP