माधव नेपालविरुद्ध अख्तियारले दायर गर्‍यो अर्को मुद्दा

माधव नेपालविरुद्ध अख्तियारले दायर गर्‍यो अर्को मुद्दा

काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ ।

सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनीको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टाका नाममा बिक्री गर्न मन्त्रिपरिषद्बाट अनुमति दिएको प्रकरणमा अख्तियारले नेपाललाई प्रतिवादी बनाएको हो ।

तत्कालीन प्रधानमन्त्री नेपाल नेतृत्वको सरकारले २०६६ सालमा इटहरी-विराटनगर सडकसँग जोडिएको जग्गा बिक्री गरी दुर्गम स्थानमा जग्गा सट्टापट्टा गर्न अनुमति दिएको आरोप छ ।

विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले नेपालविरुद्ध मुद्दा आएको पुष्टि गर्दै अहिले दर्ताका लागि रुजु गर्ने काम भइरहेको जानकारी दिएकी छन् । यसअघि पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा पनि नेपालविरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP