चर्चामा
इन्टरनेटसँग जोडिएका फ्रिज तथा फ्रिजरलाई लक्षित गरी युरोपका विभिन्न सुपरमार्केटमा भएको शङ्कास्पद साइबर आक्रमणले स्मार्ट उपकरणको सुरक्षामाथि प्रश्न उठाएको छ । दैनिक जीवनमा प्रयोग हुने घरेलु उपकरणदेखि विद्युत् केन्द्र र पानी आपूर्ति प्रणालीसम्म साइबर आक्रमणको जोखिम बढ्दै गएको छ ।
इन्टरनेटसँग जोडिएका फ्रिज, वासिङ मेसिन र ताप नियन्त्रण प्रणालीलाई टाढैबाट सञ्चालन गर्न सकिन्छ । तर, कमजोर पासवर्ड तथा सफ्टवेयरका सुरक्षा कमजोरीका कारण यस्ता उपकरण आक्रमणकारीको निशानामा पर्न सक्ने विज्ञहरू बताउँछन् ।
बेलायतको साइबर सुरक्षा अनुसन्धान संस्थाका अनुसन्धानकर्ताले ८०० भन्दा बढी फ्रिज तथा भवन नियन्त्रण प्रणालीका इन्टरफेस सार्वजनिक इन्टरनेटबाट पहुँचयोग्य रहेको पत्ता लगाएका छन् । ती सबै उपकरण ह्याक गर्न सकिने भने होइन, तर सुरक्षा कमजोरीको फाइदा उठाएर आक्रमण हुन सक्ने जोखिम रहेको उनीहरूको भनाइ छ ।
सन् २०१५ मा अनुसन्धानकर्ताहरूले सामसङको स्मार्ट फ्रिजमा सुरक्षा कमजोरी फेला पारेका थिए । त्यस्तै, इन्टरनेटसँग जोडिएको जीप गाडीलाई टाढैबाट नियन्त्रण गर्न सकिने सम्भावना पनि परीक्षणमार्फत देखाइएको थियो ।
साइबर सुरक्षा विज्ञहरूले उपकरणको सफ्टवेयर नियमित अद्यावधिक गर्न, बलियो पासवर्ड राख्न र सम्भव भएसम्म बहु-आयामिक प्रमाणीकरण प्रयोग गर्न सुझाव दिएका छन् । बेलायतमा सन् २०२४ अप्रिलदेखि निश्चित प्रकारका स्मार्ट उपकरण निर्माताका लागि न्यूनतम साइबर सुरक्षा मापदण्डसमेत अनिवार्य गरिएको छ ।
विज्ञहरूका अनुसार साइबर आक्रमणले उपकरणको सामान्य कामसमेत अवरुद्ध गर्न सक्छ । सुपरमार्केटको फ्रिजमा अनधिकृत पहुँच पाए खाद्यवस्तु बिगार्न सकिने जोखिम हुन्छ भने विद्युत्, यातायात र पानी आपूर्तिजस्ता अत्यावश्यक पूर्वाधारमा आक्रमण हुँदा ठूलो असर पर्न सक्छ ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!