चर्चामा
बलिउडको बहुप्रतीक्षित फिल्म 'रामायण'मा सीताको भूमिका निभाउने अभिनेत्री साई पल्लवी अहिले चर्चामा छिन् । नितेश तिवारीको निर्देशनमा बन्न लागेको यस फिल्ममा रणवीर कपूर राम र यश रावणको भूमिकामा देखिँदैछन् । तर, सीताको भूमिकामा पल्लवीको छनोटलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् ।
साई पल्लवी भने आफ्नो प्राकृतिक रूप र अभिनयका कारण अन्य अभिनेत्रीभन्दा फरक पहिचान बनाउन सफल छिन् । उनी फिल्ममा सकेसम्म मेकअप नगरी अभिनय गर्न रुचाउँछिन् । सन् २०१५ मा प्रदर्शन भएको मलयालम फिल्म ‘प्रेमम’मा उनले अनुहारमा डन्डिफोर देखिने गरी बिनामेकअप अभिनय गरेकी थिइन् । यही फिल्मले उनलाई व्यापक लोकप्रियता दिलाएको थियो ।
तमिलनाडुको कोइम्बटुरमा जन्मिएकी पल्लवीले जर्जियामा चिकित्सा शिक्षा हासिल गरेकी छन् । नृत्य प्रतियोगिताबाट मनोरञ्जन क्षेत्रमा प्रवेश गरेकी उनले 'मारी २' को 'राउडी बेबी' गीतबाट पनि निकै चर्चा बटुलेकी थिइन् ।
पल्लवी सुन्दरता र बाहिरी रूपभन्दा अभिनय तथा पात्रलाई बढी महत्त्व दिन्छिन् । मेकअप नगर्दा आफूलाई सहज र स्वतन्त्र महसुस हुने उनको भनाइ छ । छालाको रङ वा बाहिरी रूपका आधारमा सुन्दरताको मापन गर्न नहुने उनको धारणा छ ।
'गार्गी', 'श्याम सिंघा रोय', 'अमरन' लगायतका फिल्ममा फरक भूमिका निभाएकी पल्लवीले ‘रामायण’मा सीताको चरित्र निर्वाह गर्ने भएकी छन् । पौराणिक पात्र भएकाले सबै दर्शकको अपेक्षा पूरा गर्न कठिन हुने स्वीकार गर्दै उनले यस भूमिकालाई ठूलो अवसरका रूपमा लिएकी छन् ।
सीताको भूमिकामा उनको अभिनय कस्तो रहनेछ भन्ने चासो बढिरहेका बेला फिल्मको कास्टिङ र उनको छनोटबारे भइरहेको बहसले पनि चर्चा पाएको छ ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!