चर्चामा
धनकुटा । पाख्रिबास नगरपालिकाले कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गतको प्राकृतिक स्रोत व्यवस्थापन कलेजलाई चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ सहयोग गरेको छ ।
कलेजका प्रिन्सिपल निराजन भण्डारीका अनुसार नगरपालिकाले ग्रिन हाउस निर्माणका लागि ५ लाख र कलेज सञ्चालन खर्चका लागि ५ लाख रुपैयाँ उपलब्ध गराएको हो ।
ग्रिन हाउस निर्माणपछि बीएससी एजीका विद्यार्थीलाई प्रयोगात्मक अध्ययन, अनुसन्धान तथा विभिन्न जातका बिरुवा उत्पादन गर्न सहज हुने कलेजले जनाएको छ । नयाँ संरचना बनेसँगै कलेजमा दुईवटा ग्रिन हाउस हुनेछन् ।
नगरप्रमुख ज्ञानबहादुर गुरुङले कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न अध्ययन तथा अनुसन्धान आवश्यक रहेको भन्दै कलेजलाई निरन्तर सहयोग गर्ने बताए । उनले आगामी दिनमा कलेजमा स्नातकोत्तर तहको कार्यक्रम सञ्चालनका लागि समेत पहल गरिने जानकारी दिए ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!