आन्ध्र प्रदेशको तटमा चक्रवात ‘मुरासु’ ठोक्कियो, हजारौँ मानिस विस्थापित

आन्ध्र प्रदेशको तटमा चक्रवात ‘मुरासु’ ठोक्कियो, हजारौँ मानिस विस्थापित

भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘मुरासु’ तटमा ठोक्किएपछि तटीय क्षेत्रमा भारी वर्षा र तीव्र हावाहुरी चलेको छ। मंगलबार बिहान ओंगोल नजिकै तटमा प्रवेश गरेको चक्रवातका कारण जनजीवन प्रभावित भएको छ।

भारतीय मौसम विभागका अनुसार चक्रवातका बेला हावाको गति प्रतिघण्टा १०० देखि ११० किलोमिटरसम्म पुगेको थियो। चक्रवात कमजोर हुँदै गए पनि केही घण्टासम्म भारी वर्षा हुने अनुमान गरिएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारेको छ। विद्यालय बन्द गरिएका छन् भने रेल सेवा र केही हवाई उडानसमेत स्थगित गरिएको छ। तटीय क्षेत्रमा समुद्री पानीको सतह १.५ मिटरसम्म बढ्न सक्ने चेतावनी दिइएको छ।

यसअघि एक साताअघि आएको ‘अर्नब’ नामक चक्रवातले पनि आन्ध्र प्रदेशका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको थियो। त्यसबाट कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै करिब दुई लाख एकड खेतीयोग्य जमिन प्रभावित भएको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP