चर्चामा
अमेरिका र इरानबीचको तनाव पुनः बढेपछि खाडी क्षेत्रका देशहरूमा युद्ध फैलिन सक्ने चिन्ता बढेको छ।
अमेरिकी अधिकारीका अनुसार अमेरिकाले रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलडमरूमध्य क्षेत्रमा इरानका केही लक्ष्यमा रक्षात्मक आक्रमण गरेको छ। अमेरिकी आक्रमणको विवरण सार्वजनिक भएसँगै इरानसँग जोडिएका क्षेत्रहरूमा सुरक्षा चिन्ता बढेको हो।
होर्मुज जलडमरूमध्य विश्वको महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हो। यस क्षेत्रमा सैन्य तनाव बढ्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको आपूर्ति प्रभावित हुन सक्छ।
यसको असर पेट्रोलियम पदार्थको मूल्य, ढुवानी लागत र विश्व अर्थतन्त्रमा पर्न सक्ने भएकाले खाडी क्षेत्रका देशहरूले आफू प्रत्यक्ष युद्धमा तानिन नचाहेको चिन्ता व्यक्त गरिरहेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसम्बन्धी पछिल्लो चेतावनीले पनि क्षेत्रीय तनाव थप चर्काएको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!