चर्चामा
अमेरिकी सेयर बजारमा आएको गिरावटको प्रभाव एसियाली बजारमा पनि देखिएको छ। मंगलबार दक्षिण कोरिया र ताइवानको सेयर बजारमा उल्लेख्य गिरावट आएको छ।
दक्षिण कोरियाको कोस्पी परिसूचक ४ प्रतिशत घटेको छ भने ताइवानको ताइएक्स परिसूचक ३.८ प्रतिशतले ओरालो लागेको छ। हङकङ र अस्ट्रेलियाका बजारमा भने सामान्य सुधार देखिएको छ। भारतको सेन्सेक्स १.१ प्रतिशत बढेको छ भने चीनको सांघाई परिसूचक १.४ प्रतिशत घटेको छ।
विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा लगानी बढाइरहेका प्रविधि कम्पनीको प्रतिफलप्रति लगानीकर्ताले शंका गर्न थालेपछि बजारमा दबाब परेको हो।
यसैबीच अस्ट्रेलियाको केन्द्रीय बैंकले ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएर ४.८५ प्रतिशत पुर्याएको छ। लगातार बढिरहेको महँगी, इन्धन तथा वस्तुको मूल्यलाई यसको कारण बताइएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि बढेको छ। ब्रेन्ट क्रुडको मूल्य प्रतिव्यारेल १०५.८५ डलर पुगेको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!