चर्चामा
काठमाडौं । अमेरिकाले इरानको रणनीतिक महत्त्व बोकेको क्याश्म (Qeshm) टापुमा सैन्य आक्रमण गरेको छ। सोमबार (नोभेम्बर २) गरिएको आक्रमणलाई अमेरिकी अधिकारीहरूले आफ्नो सैन्य सम्पत्तिको सुरक्षाका लागि गरिएको सीमित र रक्षात्मक कारबाही बताएका छन्।
अमेरिकी अधिकारीहरूका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले होर्मुज जलडमरूमध्य क्षेत्रमा अमेरिकी विमानलाई लक्षित गरी सतहबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र चलाएपछि अमेरिकाले जवाफी कारबाही गरेको हो। आक्रमणमा इरानको क्षेप्यास्त्र प्रक्षेपण केन्द्र तथा सैन्य संरचनालाई निशाना बनाइएको बताइएको छ।
इरानी सरकारी सञ्चारमाध्यम आईआरएनएका अनुसार क्याश्म टापुमा पाँचवटा विस्फोटको आवाज सुनिएको थियो। तर, आक्रमणबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण इरानले सार्वजनिक गरेको छैन। अमेरिकी अधिकारीहरूले भने यो कारबाही ठूलो सैन्य अभियान पुनः सुरु भएको संकेत नभएको बताएका छन्।
यस घटनापछि इरानले अमेरिकालाई थप सैन्य कारबाही नगर्न चेतावनी दिएको छ। इरानी अधिकारीहरूले आफ्नो देशमाथि पुनः आक्रमण भए त्यसको जवाफ थप व्यापक र अप्रत्याशित हुने बताएका छन्।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताबाट सहमति हुन सक्ने सम्भावना अझै रहेको बताएका छन्। तर, सम्झौता नभए इरानको आणविक केन्द्रमा समेत आक्रमण गर्न सकिने चेतावनी उनले दिएका छन्।
होर्मुज जलडमरूमध्य विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्ग हो। विश्वको ठूलो परिमाणको कच्चा तेल यही मार्गबाट ओसारपसार हुने भएकाले यहाँको सैन्य तनावले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य र विश्व अर्थतन्त्रमा असर पार्न सक्ने चिन्ता बढेको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!