चर्चामा
काठमाडौं । सरकारले एसियाली विकास बैंक (एडीबी) बाट सडक पूर्वाधार सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सडक सुधार तथा पूर्वाधार विकासका लागि एडीबीबाट प्राप्त हुने कुल ३०५ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहायता स्वीकार गर्ने निर्णय गरेको हो। यसमध्ये २८५ मिलियन डलर सहुलियतपूर्ण ऋण र २० मिलियन डलर अनुदान रहेको छ।
सरकारले उक्त सहायता सडक पूर्वाधारको स्तरोन्नति, सुधार तथा यातायात सेवालाई थप व्यवस्थित बनाउन उपयोग गर्ने अपेक्षा गरिएको छ। सहुलियतपूर्ण ऋण भएकाले यसले तत्काल ठूलो आर्थिक भार नपारी दीर्घकालीन पूर्वाधार विकासमा सहयोग पुर्याउने सरकारको लक्ष्य रहेको छ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले नेपाल पुनर्बीमा कम्पनीमा थप हकप्रद सेयर लगानी गर्न सहमति दिने निर्णय पनि गरेको छ। यस निर्णयसँगै कम्पनीमा थप पुँजी लगानी गर्ने प्रक्रिया अघि बढ्ने भएको छ।
पुनर्बीमा कम्पनीको पुँजीगत क्षमता अभिवृद्धि, जोखिम बहन गर्ने क्षमता विस्तार तथा अन्तर्राष्ट्रिय पुनर्बीमा बजारमा प्रतिस्पर्धात्मक उपस्थिति बलियो बनाउन थप लगानी महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!