तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा काठमाडौं महानगरको रोक

तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा काठमाडौं महानगरको रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै महानगर क्षेत्रका ३३ स्थानमा फूलमाला बिक्री तथा वितरणको व्यवस्था गरेको छ। महानगरले वातावरण संरक्षण र स्थानीय फूल उत्पादकलाई प्रोत्साहन गर्ने उद्देश्यले प्लास्टिकका कृत्रिम फूलमाला बिक्रीमा रोक लगाउँदै प्राकृतिक फूलको प्रयोग गर्न आग्रह गरेको हो।

तिहारमा फूलमालाको माग उच्च हुने भएकाले उपभोक्तालाई सहज रूपमा फूल उपलब्ध गराउन विभिन्न स्थानमा बिक्री केन्द्रको व्यवस्था गरिएको महानगरले जनाएको छ।

महानगरपालिकाले विशेषगरी सयपत्री, मखमली तथा गोदावरीलगायत प्राकृतिक फूलको प्रयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ। प्लास्टिकका कृत्रिम फूलमालाले वातावरण प्रदूषण बढाउने र लामो समयसम्म नष्ट नहुने भएकाले तिनको बिक्री तथा प्रयोग निरुत्साहित गर्न खोजिएको हो।

महानगरको यस पहलले स्थानीय किसानले उत्पादन गरेका फूलको बजार विस्तार हुनुका साथै स्वदेशी उत्पादनको खपत बढ्ने अपेक्षा गरिएको छ।

महानगरपालिकाले तिहारलाई स्वच्छ, हरित र वातावरणमैत्री बनाउन व्यापारी तथा सर्वसाधारणलाई प्राकृतिक फूलमाला प्रयोग गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP