चर्चामा
काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी (ओएनएफ)को दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ।
काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे सुरु हुने अधिवेशनको उद्घाटन पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ।
दुई दिनसम्म सञ्चालन हुने अधिवेशनमा विश्वका ३८ देशबाट ३५० जना प्रतिनिधि सहभागी हुनेछन्।
अधिवेशनले मञ्चको नयाँ अन्तर्राष्ट्रिय नेतृत्व चयन गर्नेछ। प्रवासमा रहेका नेपालीलाई संगठित गर्ने तथा उनीहरूका साझा सवाललाई संस्थागत रूपमा उठाउने उद्देश्यसहित अधिवेशन आयोजना गरिएको हो।
अधिवेशनले आगामी चार वर्षका लागि नयाँ अन्तर्राष्ट्रिय कार्यसमिति चयन गर्नेछ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!