चर्चामा
काठमाडौ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको महत्त्वपूर्ण राजनीतिक परीक्षण मानिएको मध्यावधि निर्वाचनमा विपक्षी डेमोक्रेटिक पार्टीले प्रारम्भिक सफलता हासिल गरेको छ।
नोभेम्बर ३ मा सम्पन्न निर्वाचनको प्रारम्भिक नतिजाअनुसार डेमोक्रेटिक पार्टीले अमेरिकी प्रतिनिधिसभामा बहुमत हासिल गर्ने देखिएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनले डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभाको नियन्त्रण फिर्ता लिने प्रक्षेपण गरेको छ।
निर्वाचनमा डेमोक्रेटिक पार्टीले जर्जियाबाट जोन ओसोफ र उत्तर क्यारोलाइनाबाट रोय कुपरलाई सिनेटमा विजयी बनाएको छ। न्यु ह्याम्पसायरमा पनि क्रिस पापास विजयी भएका छन्।
त्यस्तै, दक्षिण क्यारोलाइनामा डेमोक्रेटिक उम्मेदवार एनी एन्ड्र्युजले रिपब्लिकन उम्मेदवार डार्लिन ग्राहमलाई पराजित गर्दै अप्रत्याशित जित निकालेकी छन्।
निर्वाचन परिणामले ट्रम्प प्रशासनमाथि राजनीतिक दबाब बढाउने देखिएको छ। प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीको नियन्त्रण स्थापित भएमा सरकारका निर्णयमाथि संसदीय निगरानी र छानबिन बढ्न सक्नेछ।
यद्यपि सिनेटको अन्तिम परिणाम भने अझै स्पष्ट भइसकेको छैन। मतगणना जारी रहेकाले अमेरिकी संसद्का दुवै सदनको अन्तिम शक्ति सन्तुलनका लागि थप परिणाम पर्खनुपर्नेछ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!