अब स्थानीय तहमार्फत सामूहिक रूपमा स्वास्थ्य बीमा गर्न सकिने

अब स्थानीय तहमार्फत सामूहिक रूपमा स्वास्थ्य बीमा गर्न सकिने

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले प्रदेश तथा स्थानीय तहलाई लक्षित गर्दै डिजिटल सामूहिक आबद्धता तथा नवीकरण सेवा सुरु गरेको छ।

मंगलबारदेखि सञ्चालनमा आएको यस सेवामार्फत अब स्थानीय तहले आफ्नै डिजिटल ड्यासबोर्डबाट नागरिकलाई सामूहिक रूपमा स्वास्थ्य बीमामा आबद्ध गराउन र नवीकरण गर्न सक्नेछन्।

पहिलो चरणमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका र कपिलवस्तु नगरपालिकालाई संस्थागत पहुँच प्रदान गरी सेवा सुरु गरिएको बोर्डले जनाएको छ।

नयाँ प्रणालीबाट बीमा शुल्क भुक्तानी, दर्ता तथा अभिलेख व्यवस्थापनसमेत डिजिटल रूपमा गर्न सकिनेछ। यसले बीमा प्रक्रियालाई सहज, पारदर्शी र छिटो बनाउने बोर्डको विश्वास छ।

बोर्डले यस सेवाको प्रयोग गरी नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराउन सबै प्रदेश सरकार तथा स्थानीय तहलाई आग्रह गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP