पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा बैंकिङ कसुरमा पक्राउ

पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा बैंकिङ कसुरमा पक्राउ

काठमाडौँ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा दिक्षान्त बानियाँ बैंकिङ कसुरको आरोपमा पक्राउ परेका छन्।

नेपाल राष्ट्र बैंकको पत्र जाहेरीका आधारमा उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१८ निवासी बानियाँलाई सोमबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-४, भैरहवाबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।

पक्राउ परेका बानियाँलाई अदालतबाट चार दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP