भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौंमा, प्रधानमन्त्री बालेनसँग भेटवार्ता गर्ने

भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौंमा, प्रधानमन्त्री बालेनसँग भेटवार्ता गर्ने

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। उनी मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारीका सिलसिलामा मिश्री नेपाल आएका हुन्। भ्रमणका क्रममा उनले विभिन्न उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रमअनुसार मिश्रीले प्रधानमन्त्री शाहसँग समेत भेट गर्नेछन्। भेटमा दुई देशबीचको आपसी सम्बन्ध तथा प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

भारतीय विदेश सचिव मिश्री बुधबार नै नयाँदिल्ली फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP