तिहारमा मिठाई पसलको अनुगमन तीव्र, मापदण्ड नमान्नेलाई कारबाही गरिने

तिहारमा मिठाई पसलको अनुगमन तीव्र, मापदण्ड नमान्नेलाई कारबाही गरिने

काठमाडौँ । तिहारलाई लक्षित गर्दै सरकारले देशभरका मिठाई पसलमा अनुगमन तीव्र बनाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाईमा मिसावट रोक्न नयाँ मापदण्ड लागू गर्दै व्यवसायीलाई कडाइ गरेको हो।

विभागका अनुसार हालसम्म देशभरका ४९७ मिठाई पसलमा अनुगमन गरिएको छ। तीमध्ये ४३३ पसललाई सुधारका लागि निर्देशन दिइएको छ भने २२२ पसलले नयाँ मापदण्डअनुसार विवरण राख्न थालेका छन्।

नयाँ व्यवस्थाअनुसार मिठाई पसलले मिठाईको नाम, प्रयोग भएका कच्चापदार्थ, तेल वा घिउको प्रकार, मूल्य र उपभोग्य मिति उपभोक्ताले देख्ने गरी अनिवार्य खुलाउनुपर्नेछ।

विभागले मापदण्ड पालना नगर्ने पसलमाथि कानुनी कारबाही तथा जरिवाना गर्ने जनाएको छ। साथै अखाद्य वस्तु मिसिएका मिठाई र गुणस्तरहीन घिउ बिक्री रोक्न पनि अनुगमन भइरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP