कोदालो प्रहारबाट जाजरकोटमा एक जनाको मृत्यु

कोदालो प्रहारबाट जाजरकोटमा एक जनाको मृत्यु

सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ।

जुनीचाँदे गाउँपालिका-८ पोखरीका ३० वर्षीय बले थापाले आफ्नै जेठोबुबाका छोरा ४० वर्षीय भबिराम थापामाथि कोदालो प्रहार गरेको प्रहरीले जनाएको छ। मंगलबार साँझ पंकस्थित बाटोमा भएको घटनामा गम्भीर घाइते भएका भबिरामको उपचार हुन नपाउँदै मृत्यु भएको हो।

घटनापछि बले फरार भएका छन्। प्रहरीले घटनामा प्रयोग भएको कोदालो बरामद गरेको छ भने फरार आरोपितको खोजी र घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP