चर्चामा
मुम्बई । बलिउड अभिनेत्री तब्बू ५५ वर्ष पुगेकी छन् । करिब चार दशकदेखि चलचित्र क्षेत्रमा सक्रिय उनले आफ्नो दमदार अभिनयमार्फत दर्शकको मन जित्दै आएकी छन् ।
तब्बूको वास्तविक नाम तबस्सुम फातिमा हासमी हो । उनले सन् १९८५ मा १४ वर्षको उमेरमा देव आनन्दको चलचित्र ‘हम नौजवान’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । सन् १९९४ मा ‘विजयपथ’बाट मुख्य अभिनेत्रीका रूपमा बलिउडमा प्रवेश गरेकी उनले अजय देवगनसँग जोडी बाँधेकी थिइन् ।
'माचिस, 'चाँदनी बार', 'मकबूल', 'हैदर', 'दृश्यम', 'अन्धाधुन' र 'भूल भुलैया २' जस्ता चलचित्रमा उनको अभिनयले प्रशंसा पाएको छ । फरक-फरक भूमिकामा आफूलाई प्रमाणित गरेकी तब्बूले राष्ट्रिय चलचित्र पुरस्कारसमेत जितेकी छन् ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!