सात समस्याग्रस्त सहकारीका १२२ बचतकर्तालाई रकम फिर्ता

सात समस्याग्रस्त सहकारीका १२२ बचतकर्तालाई रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सात समस्याग्रस्त सहकारीका १२२ जना बचतकर्ताको रकम फिर्ता गरेको छ ।

समितिका अनुसार नेपाल सहकारी वित्तीय सहकारी, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय र शिवशिखर सहकारीका २३ जनाले पूर्ण बचत फिर्ता पाएका छन् । त्यस्तै, कान्तिपुर, गौतमश्री, कृषि विकास र श्री लालिगुराँस बहुउद्देश्यीय सहकारीका ९९ जनाले आंशिक बचत फिर्ता पाएका छन् ।

समितिले सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापन गरी प्राप्त भएको रकम बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ । पहिलो चरणमा थोरै बचत भएका बचतकर्तालाई प्राथमिकता दिइएको र बाँकी बचतकर्ताको रकम पनि क्रमशः फिर्ता गर्दै जाने समितिको भनाइ छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP