चर्चामा
उदयपुर । उदयपुर कारागारमा क्षमताभन्दा झन्डै चार गुणा बढी कैदीबन्दी राखिँदा उनीहरूको दैनिक जीवन कष्टकर बनेको छ । ६० जनाको क्षमता रहेको जीर्ण कारागारमा हाल २३२ जना कैदीबन्दी बसिरहेका छन् ।
कारागार प्रशासनका अनुसार यहाँ २१८ पुरुष र १४ महिला कैदीबन्दी छन् । अत्यधिक चापका कारण खाने, बस्ने, सुत्ने र शौचालय प्रयोग गर्नसमेत समस्या भइरहेको छ । भवन जीर्ण हुनुका साथै वर्षायाममा छाना चुहिने र साँघुरो ठाउँका कारण स्वास्थ्य जोखिमसमेत बढेको छ ।
नयाँ भवन निर्माणको योजना एक दशकअघि नै स्वीकृत भए पनि भूकम्प र कोरोना महामारीका कारण अघि बढ्न सकेको थिएन । चालु आर्थिक वर्षमा निर्माणका लागि स्रोत सुनिश्चित भए पनि ठेक्का प्रक्रिया सुरु हुन बाँकी रहेको कारागार प्रशासनले जनाएको छ ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!