चर्चामा
काठमाडौँ । एक वर्षभन्दा कम अवधिमा भएका दुई भीषण रेल दुर्घटनापछि स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। पछिल्लो दुर्घटनामा ६९ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएपछि उनले नैतिक जिम्मेवारी लिँदै पद छोड्ने निर्णय गरेका हुन्।
म्याड्रिडमा सांसदहरूलाई सम्बोधन गर्दै पुएन्तेले दुर्घटना भएको केही मिनेटमै राजीनामा दिने निर्णय गरेको बताए। उनका अनुसार दुर्घटनाको कारण फरक भए पनि यति छोटो अवधिमा दुई गम्भीर घटना भएपछि यातायातमन्त्रीका रूपमा पदमा रहिरहन उचित नहुने निष्कर्षमा पुगेका हुन्।
अधिकारीहरूका अनुसार पछिल्लो दुर्घटना म्याड्रिड र दक्षिणी क्षेत्र अन्डालुसियालाई जोड्ने उच्च गतिको रेलमार्गमा भएको थियो। सुरक्षा प्रणालीमा समस्या आएपछि रेल सेवा रोकिएको अवस्थामा एउटा रेलले उच्च गतिमा रोकिराखिएको अर्को रेललाई ठक्कर दिएको बताइएको छ। रातो बत्ती हुँदाहुँदै रेललाई अघि बढ्न अनुमति दिइएको विषयमा पनि प्रश्न उठेको छ।
यसअघि जनवरीमा अन्डालुसियाको अदामुज क्षेत्रमा दुई उच्च गतिको रेल आपसमा ठोक्किँदा कम्तीमा ४१ जनाको मृत्यु भएको थियो। लगातारका दुर्घटनापछि राजनीतिक दल र यातायात मजदुर युनियनले मन्त्रीको राजीनामा माग्दै आएका थिए।
आगामी आमनिर्वाचन हुन तीन सातामात्र बाँकी रहँदा पुएन्तेले राजीनामा घोषणा गरेका हुन्। उनले निर्वाचनमा उम्मेदवार नबन्ने पनि बताएका छन्। प्रधानमन्त्री पेद्रो सान्चेजले सामाजिक सञ्जालमार्फत पुएन्तेको निर्णयको प्रशंसा गर्दै उनले पीडितप्रतिको सम्मान र आफ्नो जिम्मेवारीबोधका कारण पद छोडेको बताएका छन्।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!