चर्चामा
काठमाडौँ । दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन्। बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई कर्णाली याक्सका प्रतिनिधिले स्वागत गरेका थिए।
३७ वर्षीय मिलर कर्णाली याक्समा अनुबन्ध भएका हुन्। उनी विश्वका चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिताहरू इन्डियन प्रिमियर लिग (आईपीएल), बिग बास लिग र पाकिस्तान सुपर लिगलगायतमा खेलिसकेका छन्। सन् २०२२ मा गुजरात टाइटन्सले आईपीएल उपाधि जित्दा उनी टोलीका महत्त्वपूर्ण खेलाडी थिए।
मिलरले दक्षिण अफ्रिकाका लागि १४० टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई शतक र नौ अर्धशतकसहित २ हजार ८०४ रन बनाएका छन्। समग्र टी-२० करियरमा उनले ५८४ खेल खेल्दै चार शतक र ५३ अर्धशतकसहित १२ हजार ४३५ रन बनाएका छन्।
कर्णाली याक्सका अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनले एनपीएलको आकर्षण बढाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा पनि योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
एनपीएलमा कर्णालीले यसअघि खेलेका तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ। टोलीले आगामी शुक्रबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेलमा मिलर मैदान उत्रने अपेक्षा गरिएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!