एनपीएल खेल्न नआउने भए भारतका पूर्व टेस्ट विकेटकिपर केएस भरत

एनपीएल खेल्न नआउने भए भारतका पूर्व टेस्ट विकेटकिपर केएस भरत

काठमाडौँ । काठमाडौँ गोर्खाजमा अनुबन्ध भएका भारतका पूर्व टेस्ट विकेटकिपर ब्याटर केएस भरत तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल नआउने भएका छन्। काठमाडौँ गोर्खाजले सामाजिक सञ्जालमार्फत भरत यस सिजन टोलीमा सहभागी नहुने जानकारी दिएको हो।

क्लबले फेसबुकमा लेखेको छ, 'व्यस्तताका कारण केएस भरत यस सिजनमा हामीसँग जोडिने छैनन्। हामी उनको उज्ज्वल भविष्यको कामना गर्दछौँ।'

३२ वर्षीय भरतले केही महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका थिए। उनले भारतका लागि टेस्ट क्रिकेट खेलिसकेका छन्। टी-२० क्रिकेटमा ९१ खेल खेलेका उनले एक हजार ८०० भन्दा बढी रन बनाएका छन्।

विकेटकिपिङसँगै मध्यक्रममा ब्याटिङ गर्न सक्ने भरत सन् २०२४ को आईपीएल उपाधि विजेता कोलकाता नाइट राइडर्स टोलीका सदस्यसमेत थिए। काठमाडौँ गोर्खाजले उनलाई गत भदौको पहिलो साता एनपीएलको तेस्रो सिजनका लागि अनुबन्ध गरेको घोषणा गरेको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP