चर्चामा
काठमाडौँ । वाणिज्य बैंकहरूको सेयरधनीको पूँजीमा प्रतिफल (आरओई) चालु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब २ प्रतिशत विन्दुले बढेको छ। बैंकहरूको ब्याज तथा गैरब्याज आम्दानीमा सुधार आएपछि औसत आरओई बढेर ९.१३९ प्रतिशत पुगेको हो। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो प्रतिफल ७.०४३ प्रतिशत थियो।
कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम घट्नु तथा गैरब्याज आम्दानी बढ्नुले बैंकहरूको नाफामा सुधार आएको हो। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको गैरब्याज आम्दानी १२.४४ प्रतिशतले बढेर २० अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा यस्तो आम्दानी १८ अर्ब ८ करोड रुपैयाँ थियो।
तर आरओई बढ्दैमा बैंकहरूले सेयरधनीलाई राम्रो लाभांश दिन सक्छन् भन्ने निश्चित छैन। केही बैंकको सञ्चित नाफा ऋणात्मक छ भने केहीको वितरणयोग्य नाफा कमजोर रहेको छ। नेपाल इन्भेस्टमेन्ट मेगा, प्रभु, हिमालयन, एनआईसी एसिया र सिटिजन्स बैंकको सञ्चित नाफा ऋणात्मक रहेको विवरणमा उल्लेख छ। माछापुच्छ्रे, नेपाल बैंक र कुमारी बैंकको सञ्चित नाफा सकारात्मक भए पनि वितरणयोग्य नाफा ऋणात्मक छ।
पूर्वबैंकर परशुराम कुँवर क्षेत्रीका अनुसार लाभांश क्षमता मूल्यांकन गर्दा आरओईसँगै सञ्चित नाफा, वितरणयोग्य नाफा, पुँजी संरचना तथा आगामी दिनमा परिपक्व हुने डिबेन्चरलगायत वित्तीय सूचक पनि हेर्नुपर्छ। आरओई राम्रो देखिए पनि पर्याप्त सञ्चित नाफा नभए बैंकले अपेक्षाअनुसार लाभांश वितरण गर्न नसक्ने उनको भनाइ छ।
बैंकहरूमध्ये चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सानिमा बैंकको आरओई सबैभन्दा धेरै १५.६ प्रतिशत पुगेको छ। एभरेस्ट बैंकको १४.२८ प्रतिशत, नबिल बैंकको १३.९९ प्रतिशत र ग्लोबल आइएमई बैंकको १३.२९ प्रतिशत रहेको छ। राष्ट्रिय वाणिज्य, एनएमबी, स्ट्यान्डर्ड चार्टर्ड र प्राइम कमर्सियल बैंकले पनि दोहोरो अंकको आरओई कायम गरेका छन्। सरकारी लगानीको कृषि विकास बैंकको आरओई भने सबैभन्दा कम १.३१ प्रतिशत रहेको छ।
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!