सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो, चाँदी २० रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो, चाँदी २० रुपैयाँ घट्यो

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो।

यता चाँदीको मूल्य भने घटेको छ। बुधबार चाँदी तोलामा २० रुपैयाँले घटेर ३ हजार ६ सय ५५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP