चर्चामा
काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा सुरु भएको छ।
बुधबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित अधिवेशनको उद्घाटन पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले दीप प्रज्वलन गरेकी हुन्।
अधिवेशनमा एमालेका नेताहरू भानुभक्त ढकाल, लेखराज भट्ट, डा. टीका ढकाल, कोमल ओली, शंकर पोखरेल र योगेश भट्टराईलगायत सहभागी भएका छन्।
कार्यक्रममा प्रवासी नेपाली मञ्चका उपाध्यक्ष कर्ण शाहीले स्वागत मन्तव्य राखेका थिए। अधिवेशनमा विश्वका ३८ देशबाट प्रतिनिधिहरूको सहभागिता रहेको छ।
अधिवेशनमा प्रवासी नेपाली श्रमिकहरूको अधिकार संरक्षण, वंशजको नागरिकताको निरन्तरता, समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालगायतका विषयमा छलफल हुने बताइएको छ।
दुई दिनसम्म सञ्चालन हुने अधिवेशनले आगामी चार वर्षका लागि नयाँ अन्तर्राष्ट्रिय कार्यसमिति चयन गर्नेछ। नयाँ नेतृत्व चयनका लागि कात्तिक १९ गते बिहान ११ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने कार्यक्रम रहेको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!