चर्चामा
विराटनगर । उद्योग सङ्गठन मोरङको आयोजनामा नवौँ संस्करणको विराट एक्स्पो २०२६ आगामी पुस २ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ।
विराटनगर-१४ स्थित डिग्री क्याम्पस परिसरमा आयोजना हुने एक्स्पोमा २७५ भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले यस वर्षको एक्स्पो उद्योग, व्यापार, लगानी, रोजगारी र उद्यमशीलताका अवसर जोड्ने प्लेटफर्मका रूपमा सञ्चालन गरिने जानकारी दिएको हो।
'द इकोसिस्टम अफ अपरच्युनिटिज' नारासहित आयोजना हुने एक्स्पोमा औद्योगिक उत्पादन, कृषि, अटोमोबाइल्स, खाद्य सामग्री, प्रविधि तथा विभिन्न सेवाका प्रदर्शनी रहनेछन्। साथै स्टार्टअप प्रवर्द्धन, सीप विकास, करियर मार्गदर्शन र व्यावसायिक अन्तरक्रियाका कार्यक्रम पनि सञ्चालन गरिनेछन्।
एक्स्पोअन्तर्गत तीन दिनसम्म 'विराट बिजनेस समिट २०२६' आयोजना हुनेछ। त्यसमा उद्योगी, व्यवसायी, लगानीकर्ता तथा नीति निर्माताबीच लगानीका सम्भावना, बजार विस्तार र व्यावसायिक साझेदारीबारे छलफल हुने आयोजकले जनाएको छ।
आयोजकले एक्स्पोमा करिब २ लाख ५० हजार अवलोकनकर्ता आउने अपेक्षा गरेको छ। कोशी प्रदेशका १४ वटै जिल्लाका स्थानीय उत्पादन, कृषि तथा साना उद्यमलाई विशेष प्राथमिकता दिइने जनाइएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन आइतबार सर्लाही पुगेका छन्। उनी सिमरा विमानस्थल ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!