चर्चामा
काठमाडौं । दक्षिण अफ्रिकामा बुधबार स्थानीय सरकार गठनका लागि निर्वाचन भइरहेको छ। भ्रष्टाचार, बढ्दो अपराध, बेरोजगारी तथा पानी र विद्युत् आपूर्तिमा देखिएको समस्याका कारण यस निर्वाचनलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
निर्वाचनमा राष्ट्रपति सिरिल रामाफोसाको अफ्रिकन नेसनल कंग्रेस (एएनसी) सहित विभिन्न राजनीतिक दल प्रतिस्पर्धामा छन्। सन् २०२१ को स्थानीय निर्वाचनमा एएनसीले पहिलोपटक ५० प्रतिशतभन्दा कम मत प्राप्त गरेको थियो। यसपटक पनि पार्टीको जनसमर्थन घट्न सक्ने अनुमान विभिन्न सर्वेक्षणले गरेका छन्।
देशको आर्थिक केन्द्र जोहानेसबर्गसहित प्रिटोरियास्थित त्स्वाने र डरबन समेटिएको एथेक्विनी महानगरमा चुनावी प्रतिस्पर्धालाई विशेष महत्त्वका साथ हेरिएको छ। यी क्षेत्रमा स्थानीय सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्न सक्नेछ।
निर्वाचन अवधिमा राजनीतिक हिंसाका घटना पनि देखिएका छन्। क्वाजुलु–नाताल प्रान्तमा विपक्षी दलका एक नेताको गोली हानी हत्या भएपछि सुरक्षा चुनौती बढेको छ। निर्वाचन सुरक्षाका लागि प्रहरीले थप निगरानी बढाएको छ भने मतदान बुधबार बिहान ७ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने र अन्तिम परिणाम आइतबारसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!