चर्चामा
काठमाडौं । रौतहटको सदरमुकाम गौरमा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा २८ वर्षीय युवक गम्भीर घाइते भएका छन्। गौर नगरपालिका-४ स्थित गढवा टोलमा मंगलबार राति करिब ९:१५ बजे युवक राकेश यादवमाथि गोली प्रहार भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गोलीका छवटा छर्रा यादवको शरीरका विभिन्न भागमा लागेको छ। उनको ढाडमा तीन, दाहिने पाखुरामा एक तथा दुवै खुट्टामा एक-एक छर्रा लागेको प्रहरीले जनाएको छ।
घटनापछि घाइते यादवलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित अस्पताल पठाइएको बताइएको छ।
प्रहरीले घटनास्थलबाट ७.६२ एमएम पेस्तोलका तीनवटा खाली खोका बरामद गरेको छ। प्रारम्भिक विवरणअनुसार आक्रमणकारीले पाँच राउन्ड गोली चलाएका थिए।
गोली प्रहार गर्ने व्यक्ति को हुन् र घटनाको कारण के हो भन्ने अझै खुलेको छैन। प्रहरीले संलग्न व्यक्तिको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!