चर्चामा
युरोपका विभिन्न देशमा उडान गरिरहेका सातवटा यात्रुवाहक विमानमा बम राखिएको धम्की आएपछि मंगलबार विमानस्थलहरूमा सुरक्षा सतर्कता बढाइएको छ। धम्कीपछि केही विमानको गन्तव्य परिवर्तन गरिएको छ भने इटालीमा डब्लिनबाट रोम जाँदै गरेको रायनएयरको विमानलाई दुईवटा युरोफाइटर लडाकु विमानले सुरक्षा दिँदै अवतरण गराएका थिए। पोल्यान्ड, इटाली, स्पेन र बुल्गेरियासँग सम्बन्धित उडानमा यस्ता धम्की आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
धम्कीपछि विमान तथा यात्रुहरूको सुरक्षा जाँच गरिएको थियो। पोल्यान्डको वार्सा जाने एउटा विमानलाई मोडलिन विमानस्थलमा अवतरण गराइएको थियो भने केही विमानस्थलमा उडान सञ्चालनसमेत प्रभावित भएको थियो। तर, जाँचका क्रममा कुनै पनि विमानमा विस्फोटक पदार्थ फेला परेन। धम्की कसले दिएको हो र घटनाहरू आपसमा सम्बन्धित छन् कि छैनन् भन्ने खुलेको छैन। सम्बन्धित निकायले घटनाबारे अनुसन्धान गरिरहेका छन्।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!