स्पेनका यातायातमन्त्रीले दिए राजीनामा, दुई रेल दुर्घटनामा ११५ जनाको मृत्यु

स्पेनका यातायातमन्त्रीले दिए राजीनामा, दुई रेल दुर्घटनामा ११५ जनाको मृत्यु

लगातार भएका दुई ठूला रेल दुर्घटनापछि स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। अक्टोबर २८ मा भएको पछिल्लो रेल दुर्घटनामा ६९ जनाको मृत्यु भएपछि उनले मंगलबार संसद्मा राजीनामाको निर्णय सार्वजनिक गरेका हुन्। एक वर्षभन्दा कम अवधिमा दुईवटा भीषण रेल दुर्घटना भएपछि सरकार र रेल सुरक्षामाथि प्रश्न उठिरहेका बेला उनको घोषणा आएको हो। उनले दुर्घटनाको परिणाम सम्बोधन गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न केही समय पदमै रहेर काम गरेको बताएका छन्।

अक्टोबर २८ मा स्पेनको मध्य भागमा पर्ने उर्दा क्षेत्रनजिकै राज्य सञ्चालित रेल कम्पनी रेन्फेको उच्च गतिको रेलले ट्र्याकमा रोकिएको निजी कम्पनी इर्योको रेललाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा ६९ जनाको मृत्यु हुनुका साथै करिब २०० जना घाइते भएका थिए। प्रारम्भिक अनुसन्धानअनुसार रेल सुरक्षासँग सम्बन्धित सञ्चार प्रणालीमा समस्या आएपछि रेलहरू रोकिएका थिए। तर नियन्त्रण कक्षबाट अगाडि रेल रोकिएको अवस्थामा पनि अर्को रेललाई अघि बढ्न अनुमति दिइएको थियो। यसअघि जनवरीमा म्याड्रिड-सेभिया रेलमार्गमा भएको अर्को दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो। दुई दुर्घटनापछि रेलमार्गको सुरक्षा प्रणाली, प्राविधिक पूर्वाधार र कर्मचारीको कार्यस्थितिबारे बहस चर्किएको छ। मन्त्री पुएन्तेले रेल नियन्त्रण केन्द्रको अवस्था सुधार्ने र युरोपेली रेल सुरक्षा तथा सङ्केत प्रणाली छिटो लागू गर्ने योजनासमेत सार्वजनिक गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP