नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा लिने राष्ट्रिय अनुसन्धान विभागका अधिकृतविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा लिने राष्ट्रिय अनुसन्धान विभागका अधिकृतविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर


​काठमाडौं, १८ कार्तिक २०८३। राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत हिराबु बाबु भट्टराई (हिरा बाबु भट्टराई) विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पदोन्नति तथा लाभ लिइएको दाबीसहित विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।  
​अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको जानकारी अनुसार, निज भट्टराईले सेवा प्रवेश तथा बढुवाका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र (बिहार इन्टरमिडिएट्स एजुकेसन काउन्सिल, पटना, भारतबाट प्राप्त प्रवीणता प्रमाणपत्र तह) नक्कल तथा झुट्ठा रहेको भन्ने उजुरीमाथि छानबिन गरिएको थियो। अनुसन्धानको क्रममा उक्त प्रमाणपत्र जारी गर्ने निकायबाट प्रमाणीकरण नभएको खुल्न आएको छ।  
​नक्कली शैक्षिक प्रमाणपत्रकै आधारमा उनी सहायक निरीक्षक, वरिष्ठ अनुसन्धान सहायक, अनुसन्धान अधिकृत हुँदै प्रमुख अनुसन्धान अधिकृत पदमा विभिन्न मितिहरूमा बढुवा भई पद, ओहोदा र सेवा सुविधा समेत प्राप्त गरेको अख्तियारले जनाएको छ।  
​निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र भ्रष्टाचार निवारण ऐन, २०५४ को दफा १६ को उपदफा (१) बमोजिम कसुरजन्य रहेको ठहर गर्दै आयोगले कानुनबमोजिम सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। उक्त प्रेस विज्ञप्तिमा आयोगका प्रवक्ता सुरेश न्यौपानेले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP