इनम सापकोटा प्रकरण चर्कियो, सरकारमाथि सत्ताको दुरुपयोग गरेको कांग्रेसको आरोप

इनम सापकोटा प्रकरण चर्कियो, सरकारमाथि सत्ताको दुरुपयोग गरेको कांग्रेसको आरोप

काठमाडौं । इनम सापकोटा प्रकरणलाई लिएर सरकार र प्रतिपक्षी दलबीच राजनीतिक विवाद चर्किएको छ। नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले उक्त प्रकरणले वर्तमान सरकारले सत्ताको दुरुपयोग गरिरहेको देखाएको आरोप लगाएकी छन्।

बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै संग्रौलाले देशमा सुशासनभन्दा छाडातन्त्र हावी हुँदै गएको टिप्पणी गरेकी छन्। प्रहरी हिरासतमा रहेका इनाम सापकोटाको मोबाइल फोन फरेन्सिक परीक्षण हुनुअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको निवासमा दुई दिनसम्म राखिएको भन्ने विषय सार्वजनिक भएको भन्दै उनले सरकारसँग जवाफ मागेकी छन्।

उनले प्रतिपक्षी दललाई मात्रै प्रश्न गर्ने तर सत्तापक्षका गतिविधिबारे जवाफदेहिता नखोज्ने प्रवृत्तिमाथि पनि प्रश्न उठाएकी छन्। उनका अनुसार सत्तापक्षका गतिविधि र निर्णयबारे सार्वजनिक भएका प्रश्नको जवाफ सरकारले दिनुपर्छ।

यसैबीच, इनम सापकोटासँग सम्बन्धित अडियो तथा अन्य विवादास्पद विषयमा छानबिन गर्न विपक्षी दलहरूले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन माग गरेका छन्। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही र नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले समितिको बैठक माग गर्दै पत्र पठाएका छन्।

उनीहरूले प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र नेपाल प्रहरीका महानिरीक्षकलाई समितिमा बोलाएर घटनाबारे जवाफ लिनुपर्ने माग गरेका छन्।

इनम सापकोटाको प्रधानमन्त्री सचिवालय, सुरक्षा निकाय तथा सर्वोच्च अदालतका केही न्यायाधीशसँगको सम्पर्कसम्बन्धी विवरण सार्वजनिक भएपछि प्रकरणले थप राजनीतिक र संस्थागत बहस निम्त्याएको छ। यद्यपि, सार्वजनिक भएका आरोप र सम्पर्कका विवरणले मात्रै कसैले गैरकानुनी काम गरेको प्रमाणित गर्दैन। घटनासँग जोडिएका विषयमा निष्पक्ष छानबिन र आधिकारिक जवाफको माग बढिरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छठ मनाउन कांग्रेस सभापति गगन थापा सर्लाहीमा
11 घण्टा अगाडि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन आइतबार सर्लाही पुगेका छन्। उनी सिमरा विमानस्थल ...

छुटाउनुभयो कि ?

TOP