चर्चामा
सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्दै प्रहरी संगठनको नयाँ महानिरीक्षकमा एआईजी डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रहरी महानिरीक्षक स्तरको 'प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार' पद सिर्जना गरी उक्त पदमा कार्कीलाई खटाउने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं मन्त्री सस्मित पोखरेलले वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्न प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिन उक्त पद सिर्जना गरिएको जानकारी दिए।
कार्की सुरक्षा सल्लाहकारमा सरुवा भएपछि रिक्त भएको प्रहरी महानिरीक्षक पदमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई बढुवा गर्ने निर्णय पनि सरकारले πоρλό छ। प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम डा. केसीलाई २०८३ कात्तिक १८ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा बढुवा गरिएको मन्त्री पोखरेलले बताएका छन्।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!