चर्चामा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का खेलमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत भोजपुरका ३२ वर्षीय सोनु कुमार सिन्हा रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ठमेलबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलका खेलमा अनलाइन सट्टेबाजी भइरहेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सोही क्रममा सिन्हालाई पक्राउ गरी उनीसँग रहेका दुई थान मोबाइल फोन जाँच गरिएको थियो।
मोबाइल परीक्षणका क्रममा उनले विभिन्न चारवटा अनलाइन बेटिङ साइटमा लगइन गरी ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सिन्हालाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गत जुवा खेल्ने वा सट्टेबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले बुधबार जानकारी दिएको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!