चर्चामा
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट पदमुक्त गरिएका दानबहादुर कार्की आज पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत जाने भएका छन् ।
मन्त्रिपरिषद्को निर्णयबाट आईजीपीबाट पदमुक्त भएपछि कार्कीले उक्त निर्णयलाई कानुनी चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने तयारी गरेका हुन् ।
रिट दर्ताका विषयमा कार्कीले बुधबार दिउँसो कानुन व्यवसायीसँग परामर्श गरेका थिए । बुधबार समय अभावका कारण रिट दर्ता गर्न नसकिएपछि बिहीबार सर्वोच्च जाने तयारी गरिएको उनीनिकट एक कानुन व्यवसायीले बताएका छन् ।
सरकारले कार्कीलाई पदमुक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
सरकारको उक्त निर्णयविरुद्ध कार्कीले सर्वोच्चमा रिट दर्ता गरेसँगै प्रहरी नेतृत्व परिवर्तनको विषयले थप कानुनी मोड लिने देखिएको छ ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!