चर्चामा
काठमाडौ ।अमेरिकी डलर कमजोर बनेसँगै विश्वका प्रमुख सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ ।
अमेरिकामा भएको मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले संसद्का दुवै सदनमा नियन्त्रण गुमाएपछि अन्तर्राष्ट्रिय वित्तीय बजारमा नयाँ प्रभाव देखिएको हो ।
बिहीबार अमेरिकी डलरको मूल्यमा थप गिरावट आएको छ भने युरो र जापानी येनलगायत प्रमुख मुद्राहरू बलियो बनेका छन् ।
रोयटर्सका अनुसार अमेरिकी डलर सूचकांक शून्य दशमलव शून्य छ प्रतिशतले घटेर १०१ दशमलव ४१ मा पुगेको छ । यसअघि पनि डलरमा गिरावट आएको थियो ।
निर्वाचन परिणामपछि अमेरिकी सेयर बजारमा वृद्धि देखिएको छ । लगानीकर्ताले राजनीतिक अनिश्चितता कम हुने र राष्ट्रपति ट्रम्पका नीतिहरूमा संसद्ले नियन्त्रण बढाउन सक्ने अपेक्षा गरेका छन् ।
यसैबीच अमेरिकी सरकारी ऋणपत्रको प्रतिफलसमेत घटेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको यो परिवर्तनले विश्व अर्थतन्त्र, लगानी र मुद्रा विनिमयमा थप प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ ।
अमेरिकी निर्वाचनको परिणामपछि विश्व वित्तीय बजारको आगामी दिशा कस्तो हुन्छ भन्ने विषयमा लगानीकर्ताको ध्यान केन्द्रित भएको छ ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!