चर्चामा
काठमाडौं । तिहार नजिकिएसँगै भाइमसलाको मूल्य महँगिएको छ। भाइटीकामा प्रयोग हुने भाइमसलामा पर्ने पिस्ताको मूल्य प्रतिकिलो ४ हजार रुपैयाँ पुगेपछि उपभोक्ता मारमा परेका छन्।
चाडपर्वको समयमा भाइमसलाको माग बढेसँगै मूल्यसमेत चर्किएको हो। पिस्ता लगायतका भाइमसलाका सामग्री महँगिँदा सर्वसाधारणलाई भाइटीकाका लागि आवश्यक सामग्री खरिद गर्नसमेत आर्थिक भार परेको छ।
चाडबाडको मौका छोपेर मूल्य बढाउने र उपभोक्तामाथि आर्थिक भार थोपर्ने प्रवृत्तिले बजारमा ब्रह्मलुटको अवस्था सिर्जना गरेको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन्।
चाडपर्वकै बेला उपभोक्ता महँगीको मारमा परिरहेका बेला सरकारले बजारमा कडा निगरानी बढाउन आवश्यक देखिएको छ। भाइमसलालगायत दैनिक उपभोग्य वस्तुको मूल्य अनुगमन गरी मनपरी मूल्य असुल्ने र कालोबजारी गर्नेहरूमाथि तत्काल कारबाही गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!