हिउँले रोकियो कोरला नाका, १ हजार ७ सय विद्युतीय गाडी रोकिए

हिउँले रोकियो कोरला नाका, १ हजार ७ सय विद्युतीय गाडी रोकिए

पोखरा । चीनसँगको व्यापारिक नाका कोरला सडकमा बाक्लो हिउँ जमेपछि सवारी आवागमन प्रभावित भएको छ । मुस्ताङको लोमान्थाङ-४ न्हेचुङदेखि कोरला नाकासम्म हिउँ जमेपछि नेपाल भित्रिने प्रतीक्षामा रहेका १ हजार ७ सय गाडी रोकिएका छन् ।

अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा दुई फिटसम्म हिउँ परेपछि नाका सञ्चालनमा समस्या भएको हो । लोमान्थाङ गाउँपालिका, नेपाल प्रहरी र सशस्त्र प्रहरीले चीनबाट सहयोगस्वरूप प्राप्त बुल्डोजरसमेत प्रयोग गरी हिउँ पन्छाउने काम गरिरहेका छन् ।

रसुवागढी नाका बाढीले अवरुद्ध भएपछि कोरला नाका चीनबाट विद्युतीय गाडी आयात गर्ने प्रमुख विकल्प बनेको थियो । तर, बाढीपहिरो र हिमपातका कारण पटक-पटक अवरुद्ध हुँदा व्यापार प्रभावित भएको छ । चालु आर्थिक वर्षमा अहिलेसम्म कोरला नाकाबाट ७ हजार १०० विद्युतीय गाडी नेपाल भित्रिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैबीच, नाकामा भन्सार, क्वारेन्टाइन तथा अन्य आवश्यक सरकारी पूर्वाधारको अभाव र अत्यधिक चिसोका कारण व्यापार सञ्चालनमा थप चुनौती देखिएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP