चर्चामा
भक्तपुर । जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै ग्यास पाउन सकेका छैनन् । कतिपय उपभोक्ता तीन महिनादेखि ग्यासको प्रतीक्षामा रहेको गुनासो गर्छन् ।
भक्तपुरकी सविना बोहजुले तीन महिनादेखि नयाँ सिलिन्डर पाउन नसकेको बताइन् । ग्यास डिलर र खुद्रा पसल धाउँदा पनि ग्यास नपाएको उनको गुनासो छ । अर्का उपभोक्ता सुनील दुवालले पनि पसलमा नाम टिपाएको लामो समय बितिसक्दा ग्यास नपाएको बताए ।
यता भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भने जिल्लामा ग्यासको आपूर्ति सहज भइसकेको दाबी गरेका छन् । एउटा कम्पनीको ग्यास नपाए अर्को कम्पनीको सिलिन्डरसँग साटेर पनि लिन सकिने उनको भनाइ छ ।
प्रशासनले आपूर्ति सहज भएको बताए पनि उपभोक्ता भने अझै ग्यासको खोजीमा पसल र डिलर धाउन बाध्य छन् । प्रशासनको दाबी र बजारको वास्तविक अवस्थाबीच तालमेल नदेखिँदा उपभोक्ता अन्योलमा परेका छन् ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!