चर्चामा
काठमाडौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले इनम सापकोटाको नाममा सार्वजनिक भएको अडियो प्रकरणमा आफ्नो कुनै चासो नरहेको बताएका छन्।
प्रहरी अनुसन्धानका लागि हिरासतमा रहेका इनम सापकोटाको नाम जोडेर सार्वजनिक भएको अडियोमा आफ्नो विषयमा के कुरा गरिएको हो भन्नेबारे आफूलाई जानकारी नभएको थापाको भनाइ छ। उक्त अडियो कहाँ, कसले, किन र कहिले बोलेको हो भन्ने आफूलाई थाहा नभएको उनले स्पष्ट पारेका छन्।
अडियोमा आफूले बोलेको हो वा आफूलाई बोलाइएको हो भन्ने विषयसमेत स्पष्ट नभएको उल्लेख गर्दै उनले यस प्रकरणसँग सम्बन्धित घटनाक्रमका एकपछि अर्को पक्ष खुल्दै जाने विश्वास व्यक्त गरेका छन्। यस विषयमा सत्यतथ्य बाहिर आउनुपर्ने उनको भनाइ छ।
कांग्रेसको आधिकारिकतासम्बन्धी राजनीतिक तथा कानुनी लडाइँमा आफूले एक सुको पनि आर्थिक लेनदेन नगरेको र कुनै अनुचित काम नभएको थापाले दाबी गरेका छन्।
उनले आफ्नो नैतिकतामाथि प्रश्न उठाउने प्रयासप्रति जवाफ दिँदै आफू कमजोर नैतिक धरातलमा नरहेको बताएका छन्। ‘मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन, मेरो हात सफा छ,’ भन्दै थापाले आफ्नो राजनीतिक तथा व्यक्तिगत इमानदारीमाथि दृढ विश्वास व्यक्त गरेका छन्।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!