कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोमा बोलाइयो

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोमा बोलाइयो

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ । पत्रकार रोशन खड्काको उजुरीका आधारमा उनलाई ब्युरोमा उपस्थित हुन भनिएको हो ।

धार्मिक यात्राका लागि काठमाडौं बाहिर रहेका शिवाकोटीले आफू काठमाडौं फर्किएपछि साइबर ब्युरो जाने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सरकारको दबाब र भयबाट विचलित नहुने भन्दै आफू काठमाडौं आउँदै गरेको बताएका छन् ।

उनले लेखेका छन्, 'सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु।'

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP