सेन्सर बोर्डबाट अनुमति पाएको 'पाँच पाण्डव'को प्रदर्शन रोक्न मन्त्रालयको आदेश

सेन्सर बोर्डबाट अनुमति पाएको 'पाँच पाण्डव'को प्रदर्शन रोक्न मन्त्रालयको आदेश

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शनका लागि युनिभर्सल सर्टिफिकेट पाइसकेको नेपाली फिल्म ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न सूचना तथा सञ्चार मन्त्रालयले आदेश दिएको छ।

निर्माण पक्षका अनुसार आगामी शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म रोक्न नेपालगञ्जका प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमा आग्रह गरेका थिए। त्यसपछि गृह मन्त्रालयले सञ्चार मन्त्रालयलाई प्रदर्शन नगराउन निर्देशन दिएको बताइएको छ।

फिल्मको थिम पोस्टर सार्वजनिक भएपछि एउटा समूहले आफ्नो आस्थामाथि चोट पुगेको भन्दै विरोध गर्दै आएको थियो। अभिनेता हरिवंश आचार्यमाथि समेत आरोप लगाउँदै फिल्म बहिष्कारको अभियान चलाइएको निर्माण पक्षको भनाइ छ।

फिल्मको कथा महाभारतसँग लाक्षणिक रूपमा जोडिए पनि मूलतः दाजुभाइबीचको सम्बन्धमा केन्द्रित रहेको निर्माण पक्षले जनाएको छ। सेन्सरबाट अनुमति पाइसकेको फिल्मको प्रदर्शन रोकिएपछि फिल्मकर्मीहरूले भने आपत्ति जनाएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP