चर्चामा
काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका व्यक्तिलाई नै परिषद्को सदस्यमा सिफारिस गरिएको भन्दै डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन अफ नेपालले आपत्ति जनाएको छ।
एसोसिएसनले परिषद्का अध्यक्ष सगुन पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो सिफारिसले स्वार्थको द्वन्द्व उत्पन्न गर्ने भन्दै नियुक्ति तथा निर्णय प्रक्रियामा पुनरावलोकन गर्न माग गरेको छ।
एसोसिएसनले डेन्टल समूहको छुट्टै निर्वाचन व्यवस्था, परिषद् ऐनको पालना, परीक्षा प्रणालीमा पारदर्शिता र दर्तावाल डेन्टल जनशक्तिको पेसागत अधिकार सुनिश्चित गर्नेलगायत १० बुँदे माग अघि सारेको छ।
माग सम्बोधन गर्न ४८ घण्टाको अल्टिमेटम दिँदै एसोसिएसनले तोकिएको समयभित्र लिखित प्रतिबद्धता नआए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ। आन्दोलनका क्रममा धर्ना, कामकाज अवरुद्ध र आवश्यक परे तालाबन्दीसमेत गर्ने जनाएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!