चर्चामा
काठमाडौं । जाडो मौसममा धेरै मानिसलाई सामान्यभन्दा बढी भोक लाग्ने र पटक-पटक केही न केही खाइरहन मन लाग्ने गर्छ। चिसोका कारण शरीरको तापक्रम सन्तुलित राख्न ऊर्जा खर्च हुनुका साथै हर्मोन, निद्रा, मनस्थिति र शारीरिक गतिविधिमा आउने परिवर्तनले पनि भोक बढाउन सक्छ।
डाइटिसियनका अनुसार जाडोमा बढी भोक लाग्नुका पाँच मुख्य कारण छन्। शरीरको तापक्रम नियन्त्रण गर्न ऊर्जा आवश्यक पर्नु, घामको कमीले हर्मोन र मनस्थितिमा असर पर्नु, चिल्लो तथा गुलिया खानेकुराको चाहना बढ्नु, शारीरिक गतिविधि घट्नु र पर्याप्त निद्रा नपुग्नु यसका प्रमुख कारण हुन्।
जाडोमा पराठा, पकौडा, हलुवा तथा मिठाईजस्ता खानेकुरा बढी खान मन लाग्न सक्छ। तर यस्तो चाहना हुँदैमा शरीरलाई अतिरिक्त क्यालोरी आवश्यक परेको भन्ने हुँदैन।
भोक नियन्त्रण गर्न दाल, अण्डा, गेडागुडी, सागसब्जी र मौसमी फलफूल खानुका साथै तातो सुप तथा खिचडीजस्ता पौष्टिक परिकार रोज्नुपर्छ। पर्याप्त पानी पिउने, नियमित व्यायाम गर्ने र निद्रा पूरा गर्ने बानी पनि उपयोगी हुन्छ।
खाना खाँदा पनि असामान्य रूपमा भोक लागिरहने, अत्यधिक तिर्खा लाग्ने, बारम्बार पिसाब आउने वा अचानक तौल घट्ने समस्या भए चिकित्सकसँग परामर्श लिनुपर्छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!