भोटेकोशी बाढीमा बेपत्ता काभ्रेका ३५ जनाको विवरण आधिकारिक रूपमा स्वीकृत

भोटेकोशी बाढीमा बेपत्ता काभ्रेका ३५ जनाको विवरण आधिकारिक रूपमा स्वीकृत

काभ्रेपलाञ्चोक । गत भदौ १० गतेको रसुवा-भोटेकोशी बाढीपछि बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३५ जनाको विवरण आधिकारिक रूपमा स्वीकृत भएको छ।

जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले जिल्लाका १३ वटै स्थानीय तहबाट प्राप्त विवरणलाई अन्तिम रूप दिएको हो। स्वीकृत विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बागमती प्रदेश सरकारलाई पठाइने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।

बाढीमा मृत्यु भएका तथा बेपत्ता व्यक्तिका परिवारलाई स्थानीय तहमार्फत राहत उपलब्ध गराउने निर्णयसमेत भएको छ। जिल्ला प्रशासनका अनुसार बाढीमा चार जनाको मृत्यु पुष्टि भएको छ भने बेपत्ता भएका चार जना परिवारको सम्पर्कमा आएका थिए।

सरकारले जारी गरेको विशेष कानुनी प्रक्रियाअनुसार बेपत्ता व्यक्तिको विवरण प्रमाणीकरण गरिएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP