नेपाली मूलकी सराहाना श्रेष्ठ न्युयोर्क विधानसभा सदस्यमा तेस्रोपटक निर्वाचित

नेपाली मूलकी सराहाना श्रेष्ठ न्युयोर्क विधानसभा सदस्यमा तेस्रोपटक निर्वाचित

काठमाडौं । नेपाली मूलकी अमेरिकी राजनीतिज्ञ सराहाना श्रेष्ठ अमेरिकाको न्युयोर्क राज्य विधानसभामा लगातार तेस्रो कार्यकालका लागि निर्वाचित भएकी छन्।

नोभेम्बर ३ मा सम्पन्न मध्यावधि निर्वाचनमा न्युयोर्कको १०३औँ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएकी श्रेष्ठले रिपब्लिकन उम्मेदवार सान्तोस लोपेजलाई २२ हजार २७४ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन्। श्रेष्ठले ६९.२ प्रतिशत अर्थात् ४० हजार ११४ मत प्राप्त गर्दा लोपेजले ३०.८ प्रतिशत अर्थात् १७ हजार ८४० मत पाएका छन्।

काठमाडौंमा जन्मिएकी श्रेष्ठ सन् २००१ मा विद्यार्थीका रूपमा अमेरिका पुगेकी थिइन्। सन् २०१९ मा अमेरिकी नागरिकता प्राप्त गरेपछि राजनीतिमा सक्रिय भएकी उनी सन् २०२२ मा पहिलोपटक न्युयोर्क राज्य विधानसभामा निर्वाचित भएकी थिइन्। सन् २०२४ मा दोस्रो कार्यकाल जितेकी उनी यसपटक पनि विजयी भएकी हुन्।

श्रेष्ठ अमेरिकाको कुनै राज्यको विधानसभामा निर्वाचित हुने नेपाली मूलकी पहिलो महिला हुन्। उनको तेस्रो कार्यकाल सन् २०२७ जनवरी १ देखि सुरु हुनेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP