चर्चामा
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा आफ्नै फिल्मका टिकट आफैँ किनेर हल हाउसफुल देखाउने ‘फेक हाउसफुल’ प्रवृत्ति बढ्दै गएको छ। दर्शक आकर्षित गर्ने र फिल्मको व्यापार राम्रो देखाउने उद्देश्यले निर्माताले नै लाखौँ रुपैयाँ खर्चिएर टिकट किन्ने गरेको फिल्मकर्मीहरूले बताएका छन्।
यो विषय 'पूर्णबहादुरको सारङ्गी'का निर्माता विनोद पौडेलको खुलासापछि थप चर्चामा आएको हो। पौडेलले फिल्मको सुरुवाती प्रदर्शनमा आफूले १०-१२ लाख रुपैयाँ बराबरका टिकट किनेको स्वीकार गरेका थिए। चलचित्र विकास बोर्डका अनुसार उक्त फिल्मले ४६ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको थियो।
निर्देशक दीपेन्द्र के खनालले यस्तो प्रवृत्तिले चलचित्र क्षेत्रको विश्वसनीयतामा असर पार्ने बताएका छन्। वरिष्ठ निर्माता तथा निर्देशक ज्ञानेन्द्र देउजाले भने वितरक र हल सञ्चालकको दबाब तथा मिलेमतोमा निर्मातालाई टिकट किन्न बाध्य पारिने गरेको आरोप लगाएका छन्। उनका अनुसार टिकट खरिदका नाममा रकमको केही हिस्सा बिचौलियाले लिने गरेको छ।
तर वितरक रोहित कट्टेलले आफूलाई यस्तो गतिविधिबारे जानकारी नभएको बताएका छन्। चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपाल कायस्थले पनि यसमा हलको दोष नरहेको जिकिर गर्दै केही वितरकले नयाँ निर्मातालाई गलत बाटो देखाउने गरेको बताएका छन्।
निर्माताहरू भने हलबाट शो हट्ने डरले टिकट किन्नुपर्ने अवस्था आउने गरेको बताउँछन्। फिल्मकर्मीहरूका अनुसार यस्तो अभ्यासले वास्तविक दर्शकको रुचि र फिल्मको व्यापारबारे गलत सन्देश दिनुका साथै आर्थिक रूपमा कमजोर तथा नयाँ निर्मातालाई प्रतिस्पर्धा गर्न कठिन बनाएको छ।
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!