तिहारभर मौसम घमाइलो रहने, वर्षाको सम्भावना न्यून

तिहारभर मौसम घमाइलो रहने, वर्षाको सम्भावना न्यून

काठमाडौं । यस वर्षको तिहार अवधिभर देशका अधिकांश स्थानमा मौसम घमाइलो रहने पूर्वानुमान गरिएको छ। मौसमविद्हरूका अनुसार आगामी एक सातासम्म देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना छैन।

मौसम पूर्वानुमान महाशाखाले कात्तिक १९ देखि २३ गतेसम्मको मौसम विवरण सार्वजनिक गर्दै एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने जनाएको छ। तराई, मधेस, उपत्यका तथा खोँच क्षेत्रमा बिहानपख हल्का हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि तिहार अवधिभर व्यापक वा लगातार वर्षाको सम्भावना नरहेको बताएका छन्। मौसम अनुकूल रहने भएकाले तिहार मनाउन र धान काट्ने तयारीमा रहेका किसानलाई सहज हुने उनको भनाइ छ।

यद्यपि, घमाइलो मौसमसँगै वायु प्रदूषण बढ्न सक्ने जोखिमप्रति पनि मौसमविद्ले सचेत गराएका छन्। कम वर्षा र हावा कम चल्ने अवस्थाका साथै सवारीसाधन, उद्योग तथा निर्माण गतिविधिले जाडोयाममा प्रदूषण बढाउन सक्ने बताइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP